धितोपत्र बजारमा ४२.२६ अङ्कको वृद्धि, नेप्से २७१४.८१ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर २७१४ दशमलव ८१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ८२ अङ्कले बढेर ४६७ दशमलव २५ को विन्दुमा पुगेको छ ।

आज कूल ३३९ कम्पनीहरूका २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर रु. ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ०७० मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।

बैङ्किङ उपसमूह १७ दशमलव १५ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ८३ दशमलव ७१ अङ्कले, वित्त उपसमूह २४ दशमलव ९९ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २४१.५५ अङ्कले, जलविद्युत उपसमूह ६०.६० अङ्कले, लगानी उपसमूह २.६२ अङ्कले, जीवन बिमा उपसमूह २४३.१४ अङ्कले, उत्पादन उपसमूह १२६.६६ अङ्कले, लघुवित्त उपसमूह ७६.५९ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ५९ अङ्कले, निर्जीवन बिमा १८२.०२ अङ्कले, अन्य उपसमूह ३४.२४ अङ्कले र ट्रेडिङ उपसमूह १४.५१ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x