धाैलागिरी लघुवित्तकाे नाफा २ करोड ३३ लाख


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले २ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको धाैलागिरी लघुवित्तले १ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, धाैलागिरी लघुवित्तले ६१ करोड १३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १० करोड ६८ लाख रुपैयाँ रहेको छ।

धाैलागिरी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २६.१ प्रतिशतले बढेर ७ करोड ६९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.९५ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x