माछापुच्छ्रे बैंकले ३ अर्ब बराबरकाे ऋणपत्र निष्काशन गर्दै


ज्ञानमाण्डू। माछापुच्छ्रे बैंकले पनि तीन अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ।बैंकले १० दशमलब २५ प्रतिशत ब्याज दिनेगरि ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले निष्काशन प्रवन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको छ। प्रवन्धक नियुक्त सम्वन्धी सम्झौंतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन्।बैंकले हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ।

निष्काशित ऋणपत्रमा १८ लाख कित्ता प्राइभेट प्लेशमेन्ट र १२ लाख कित्ता सार्वजनिक निष्काशनबाट बिक्री गर्नेछ। ऋणपत्रको अवधि १० वर्षको हुने र ब्याज भूक्तानी ६/६ महिनामा दिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x