साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर २१६५ दशमलव २४ को विन्दुमा कायम भएको छ। आज कूल २६० कम्पनीहरूका ८६ लाख ७४ हजार १०९ कित्ता शेयर रु. ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २३ करोड ५७ लाख ४५ हजार ४५७ बराबरको शेयर कारोबार भयो । त्यस्तै, एनआईसी एशिया बैङ्क लिमिटेडको रु. १४ करोड ७० लाख ८२ हजार ९५८ बराबरको शेयर कारोबार भएको छ।
यता, शिवम् सिमेन्ट्स लिमिटेडको रु. १३ करोड ८८ लाख ७६ हजार ३०५ कारोबार हुँदा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. ८ करोड ६७ लाख ८४ हजार ५९१ र हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ८ करोड ४२ लाख ०४ हजार ३४३ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
