भगवती हाइड्रोपावरकाे १२.६३ प्रतिशत लाभांश घोषणा, पुस १४ गते साधारण सभा


भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ। पोखराको घारीपाटन स्थित आब्या क्लबमा बिहान ११ बजेदेखि सभा सुरु हुनेछ।

सभाले कम्पनीको अधिकृत पुँजी ८० करोड रुपैयाँ तथा जारी र चुक्ता पुँजी समान ७५ करोड ९६ लाख २८ हजार ६८८ रुपैयाँ कायम गर्ने र सोहीअनुसार प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा त्यसअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ।

त्यसै गरी, सञ्चालक समितिमा दुई जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गरिनेछ।

मङ्सिर २५ गते बुक क्लोज

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मङ्सिर २४ गतेसम्म कम्पनीको शेयर धनी कायम रहेका लगानीकर्ताले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x