
साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक १७ दशमलव ५३ अङ्कले घटेर २७१४ दशमलव ०५ को विन्दुमा कायम भएको छ। आज कूल ३२० कम्पनीहरूका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर रु. १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ५९ करोड ९९ लाख १४ हजार ४४५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, एसवाई प्यानल नेपाल लिमिटेडको रु. ५२ करोड २९ लाख ५४ हजार ९८९ बराबरको शेयर कारोबार भएको छ।
यता, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु. ४६ करोड ६४ लाख २ हजार २८२, युनियन हाइड्रोपावर लिमिटेडको रु. ४४ करोड ६२ लाख ८५ हजार २९२ र राधी विद्युत कम्पनी लिमिटेडको रु. ४३ करोड ३० लाख ३३ हजार ४३६ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
