
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर २६७७ दशमलव ५४ को विन्दुमा कायम भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अङ्कले बढेर ४६८ दशमलव ३८ को विन्दुमा पुगेको छ ।
आज कूल ३३५ कम्पनीहरूका १ कराेड ३ लाख ८९ हजार ०७७ कित्ता शेयर रु. ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले घटेकाे छ । यता, बैङ्किङ उपसमूह ३४ दशमलव ४३ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह १२१ दशमलव ९२ अङ्कले, वित्त उपसमूह ८० दशमलव २४ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २५९.३८ अङ्कले, जलविद्युत उपसमूह १६२.३१ अङ्कले, लगानी उपसमूह ३.९२ अङ्कले, जीवन बिमा उपसमूह ३२८.१२ अङ्कले, उत्पादन उपसमूह ४६७.३५ अङ्कले, लघुवित्त उपसमूह ८३.४१ अङ्कले, निर्जीवन बिमा २२८.८९ अङ्कले, अन्य उपसमूह ५२.६८ अङ्कले र ट्रेडिङ उपसमूह २७.७० अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा ७९.७४ अङ्कको वृद्धि, नेप्से २६७७.५४ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
