स्मार्ट क्यु आर र नेपाल पे क्यु आर अन्तरआबद्ध भई सेवा सुचारु

नेपाल पे क्यु आर र स्मार्ट क्यु आरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैङ्क तथा वालेटका प्रतिनिधिहरूले स्मार्ट क्यु आर र नेपाल पे क्यु आर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीजी लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायत विभिन्न बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो ।

क्यु आर भुक्तानीलाई थप प्रवर्धन गर्न नेटवर्क स्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भए सँगै नेपाल पे क्यु आर  मार्फत आबद्ध भएका  विभिन्न  मोबाइल बैङ्किङ, वालेट र Connect IPS का प्रयोगकर्ताहरूले स्मार्ट क्यु आर नेटवर्कमा आबद्ध  सम्पूर्ण दुई लाख पचास हजार भन्दा बढी  मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् । यसै गरी, स्मार्ट क्यु आर नेटवर्कको मोबाइल बैङ्किङ र वालेटहरूले नेपाल पे क्यु आर नेटवर्कमा आबद्ध तिन लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन्।

ग्राहक तथा व्यवसायी दुवै लाई नेटवर्क पहिचानमा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने सो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्र मा टेवा पुर्‍याउने विश्वास रहेको कम्पनीले जनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x