नबिल बैङ्कले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नबिल बैङ्क लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र 'नबिल डिबेन्चर २०८७' निष्कासन गर्ने भएको छ। डिबेन्चर निष्कासनको लागि बैङ्क सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाइसकेको बैङ्कले जनाएको छ। त्यस्तै बैङ्कले ऋण पत्र निष्कासनको लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरेको छ ।

बैङ्कले डिबेन्चर बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मङ्गलवार बैङ्कको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । समझदारी पत्रमा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको हो। उक्त कार्यक्रममा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृतहरूद्वय विनयकुमार रेग्मी र मनोज ज्ञवाली र दुवै संस्थाका वित्त प्रमुखहरूको उपस्थिति रहेको थियो ।

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैङ्कले जनाएको छ । पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिवेन्चर निष्कासनले सहयोग पुर्‍याउने विश्वास गरेको बैङ्कले जनाएको छ। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x