गणपति लघुवित्तको नाफामा १५४.६६ प्रतिशतकाे वृद्धि

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा १५४.६६ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले २७ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ६८ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गणपति लघुवित्तले २ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, गणपति लघुवित्तले १ अर्ब ५५ करोड रुपैयाँ सापटी लिएको छ भने लघुवित्तकाे जगेडा कोषमा ३ करोड ६ लाख रुपैयाँ र सञ्चित मुनाफा ३ करोड ५२ लाख  रुपैयाँ रहेको छ ।

गणपति लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १.६२ प्रतिशतले घटेर ३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.१९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ४७ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ८०४ को आधारमा मूल्य आम्दानी अनुपात १७६.७० गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x