मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब ३७ करोड, लाभांश दिन सक्ने क्षमता कति ?

muktinath bikas bank

 

ज्ञानमाण्डू। मुक्तिनाथ विकास बैँकको नाफा १८.४७ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

 

५ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको मुक्तिनाथ विकास बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ८६ अर्ब ९० कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा १ अर्ब ६२ करोड रुपैयाँ र सञ्चित मुनाफा ८२ करोड २१ लाख रुपैयाँ रहेको छ ।

Click here to join Gyanmandu.com's Viber Community

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २१.०८ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा मुक्तिनाथ विकास बैङ्कले आफ्ना शेयरधनिहरूलाई १४.४२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

 

बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.२१ प्रतिशत र प्रतिशेयर आम्दानी २४ रुपैयाँ २२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ४७७.३० काे आधारमा मूल्य आम्दानी अनुपात १९.७० गुणा रहेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x