राष्ट्र बैङ्कले १० अर्ब मुद्दती निक्षेपमा लगानी गर्ने


नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूमा कुल १० अर्ब रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैङ्कले आफ्नो उपदान तथा कोषमा रहेको रकम सुरक्षित रूपमा परिचालन गर्न यस्तो कदम चालेको हो।

राष्ट्र बैङ्कले इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूलाई वैशाख ९ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

घोषणा अनुसार कुल रकममध्ये ८ अर्ब रुपैयाँ वाणिज्य बैङ्कहरूमा, १ अर्ब ५० करोड रुपैयाँ राष्ट्रिय स्तरका विकास बैङ्कहरूमा र ५० करोड रुपैयाँ वित्त कम्पनीहरूमा राखिनेछ।

यो निक्षेप ३६६ दिनका लागि रहनेछ, जसको अवधि सन् २०२६ अप्रिल २८ देखि २०२७ अप्रिल २८ सम्म रहनेछ।

केन्द्रीय बैङ्कका अनुसार यस लगानीमार्फत वित्तीय प्रणालीमा तरलता व्यवस्थापनलाई थप सुदृढ बनाउने र सुरक्षित प्रतिफल सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x