संस्थापक शेयर बिक्री गर्दै कुमारी बैङ्क



कुमारी बैङ्क लिमिटेडका संस्थापक शेयरधनीहरुले २ लाख ६९ हजार २१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका तिन जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा ३१ जेठदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ३१ जेठबाट बैङ्कको शेयर रजिस्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौँ -१ नक्साल, नागपाेखरी वा कुमारी बैङ्क लिमिटेडको प्रधान कार्यालय टंगाल-२, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x