
एनएमबि बैङ्क लिमिटेडले संस्थापक समूहअन्तर्गतको ६९ हजार ४२४ कित्ता शेयर बिक्रीका लागि खुला गरेको छ। एक संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरिद गर्न सक्ने व्यवस्था गरिएको बैङ्कले जनाएको छ।
बैङ्कको अनुसार बिक्रीमा राखिएको शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। आवेदन बैङ्कको कम्पनी सचिव कार्यालय, बबरमहलमा बुझाउन सकिनेछ।
एनएमबि बैङ्कको संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
