समता घरेलु लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ २० गते, शुक्रवार दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको १३८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई १८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम रु. ५ करोड १४ लाख ११ हजार ६२८ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने रकम रु. १ करोड २ लाख ८२ हजार ३२५ रुपैयाँ ७६ पैसा बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।


प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x