सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यही कार्तिक ४ गते (आज) १६औं वार्षिक साधारण सभा गर्ने भएको छ।कम्पनीले साधारण सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सञ्चालक समितिले सिफारिस गरे बमाेजिम कम्पनीकाे हाल कायम चुक्तापूँजी रू. १४ अर्ब २० करोड ९ लाख ७४ हजारको ९ प्रतिशतले हुन आउने रकम रू. १अर्ब २७ कराेड ८० लाख ८७ हजार ६६० बराबरकाे नगद लाभांश वितरणको प्रस्ताव गरेकाे छ।
सभाले आर्थिक वर्ष (आ.व) २०७८/०७९ काे संचालक समितिकाे वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ र त्यसै गरि लेखा परिक्षण समितिकाे सिफारिस बमाेजिम आ.व २०७९/०८० काे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजकाे पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि असोज २८ गते एक दिनकाे लागि बुक क्लोज गरिसकेके छ। सो आधारमा असोज २७ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।