आज देखि माई खोला हाइड्रोपावरको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

माई खोला हाइड्रोपावर लिमिटेडले वैशाख ०८ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता ५० हजार सम्म रहेको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३९ प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरका १५ लाख २९ हजार ४११ कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात् ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ३० हजार ५८८ कित्ता शेयर कर्मचारीहरूको लागि बाँडफाँड गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) वैशाख १२ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा वैशाख २४ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x