धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३९ अंकले बढेर १८७४ दशमलव ८७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ९३ अंकले बढेर ३७० दशमलव ८६ को विन्दुमा पुगेको छ ।
आज कूल २२४ कम्पनीका २५ लाख ७४ हजार ९७५ कित्ता शेयर रु ६९ कराेड ७३ लाख १७ हजार ६११ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये विकास बैंक उपसमूह १३ दशमलव ०७ अङ्कले घटेकाे छ। यता, बैंकिङ उपसमूह २० दशमलव ०९ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २०.१ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४२.४८ अङ्कले, जलविद्युत उपसमूह १.९७ अङ्कले, वित्त उपसमूह १२.६४ अङ्कले, निर्जीवन बीमा २३.५५ अङ्कले, उत्पादन उपसमूह ३०.७८ अङ्कले, अन्य उपसमूह २०.७५ अङ्कले, लघुवित्त उपसमूह १४.०८ अङ्कले, जीवन बीमा उपसमूह २५.४१ अङ्कले, सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव १ अङ्कले र लगानी उपसमूह शून्य दशमलव १३ अङ्कले बढेको छ।