धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढेर २६६० दशमलव ३९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव १९ अङ्कले बढेर ४५६ दशमलव ७५ को विन्दुमा पुगेको छ ।
आज कूल ३०९ कम्पनीहरूका १ करोड ५७ लाख ६४ हजार ००१ कित्ता शेयर रु. ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य उत्पादन उपसमूह ५.६२ अङ्कले र ट्रेडिङ उपसमूह २५.५८ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह १४ दशमलव ९२ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ६५ दशमलव ६६ अङ्कले, वित्त उपसमूह १३ दशमलव ०४ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३८.२७ अङ्कले, जलविद्युत उपसमूह ४९.४२ अङ्कले, लगानी उपसमूह २.५८ अङ्कले, जीवन बिमा उपसमूह १४२.७६ अङ्कले, लघुवित्त उपसमूह १०५.२५ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले, निर्जीवन बिमा १२६.११ अङ्कले र अन्य उपसमूह ११.०१ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा २८.९१ अङ्कको वृद्धि, नेप्से २६६०.३९ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
