सोल्टी होटलको आकर्षित लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?



सोल्टी होटल लिमिटेडले शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।


साेमबार बसेको २४१ औँ सञ्चालक समितिको बैठकले यस कम्पनीको आ.व २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको २१.३१ प्रतिशतले हुन आउने १७ करोड ९६ लाख २ हजार ५२१ रुपैयाँ बराबरको नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने कम्पनीले जनाएको छ।


प्रस्तावित लाभांश आगामी बस्ने कम्पनीको ४८ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र वितरण हुने कम्पनीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x