लघुबीमाका अध्यक्षहरूद्वारा शपथग्रहण

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न चारवटा लघुबीमा कम्पनीका सञ्चालक समितिका अध्यक्षहरूलाई आज शपथ गराउनुभएको छ ।

अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. का अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्स कं. लि. का अध्यक्ष आशिष श्रेष्ठ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लि. का अध्यक्ष ऋषिराज मोर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. का अध्यक्ष कृतिका अग्रवाललाई शपथ गराउनुभएको हो ।

सो अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको समग्र जिम्मेवारी सञ्चालक समितिका अध्यक्षको हुने भएकाले कम्पनीहरू अध्यक्षको निगरानीमा रहनुपर्ने बताउनुभयो ।

अध्यक्ष सिलवालले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्ने गरी धेरै लामो प्रयासपछि लघुबीमा कम्पनीहरू स्थापना भएको उल्लेख गर्नुहुँदै सोही उद्देश्य अनुरूप स्थानीय स्तरमा सञ्जाल विस्तार गरेर स्वस्थ प्रतिस्पर्धाका साथ इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो ।

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लाल र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x