नबिल बैङ्क लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त हुनुभएको छ । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।
दुई दशक लामो बैङ्किङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैङ्क लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो । आफ्नो बैङ्किङ करियर २०६२ सालमा नेपाल बैङ्क लिमिटेडबाट सुरु गर्नुभएको उहाँले १५ वर्ष लामो समय नेपाल बङ्गलादेश बैङ्कमा सेवा प्रदान गर्नुभएको थियो । नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कको प्राप्ति पश्चात् उहाँले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाउनुभएको थियो ।
व्यवसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहनुभएको देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैङ्क, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसक्नुभएको छ । वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दक्खल राख्ने उहाँको नेतृत्वमा नबिल सेक्यूरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको जनाएको छ ।
नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en