गणेश गौतमको उम्मेदवारी : एनआरएनए सचिव पदमा समावेशी नेतृत्व र संस्थागत पुनर्जागरणको प्रतिबद्धता

मेलबर्न, अष्ट्रेलिया आगामी गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (NCC) निर्वाचनको तयारी तीव्र बन्दै जाँदा, सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका गणेश गौतमले संस्थागत सुधार, पारदर्शिता, समावेशिता र जवाफदेहिताको प्रतिबद्धता व्यक्त गरेका छन्।

एक दशकदेखि अष्ट्रेलियामा रहँदै एनआरएन अभियानमा निरन्तर सक्रिय रहनुभएका गौतमले आफ्नो उम्मेदवारी भावुक सन्देशमार्फत सार्वजनिक गरेका हुन्। उनले हाल एनआरएनएभित्र देखिएको गुटबन्दी, स्वार्थमुखी प्रवृत्ति र नेतृत्वको गैरजिम्मेवारीपनप्रति गहिरो चिन्ता व्यक्त गर्दै, आगामी निर्वाचनलाई ‘संस्थाको आत्मा पुनर्जागृत गर्ने अवसरको रूपमा व्याख्या गरे।

“यो केवल नेतृत्वको फेरबदल होइन, यो संस्थाको मूल्य, चरित्र र दिगो लक्ष्य पुनःस्थापना गर्ने महत्त्वपूर्ण मोमेंट हो,” गौतमले उल्लेख गरेकाछन्।

सशक्त सचिव पदका लागि ठोस एजेण्डा

गौतमको उम्मेदवारी निम्न प्रमुख बुँदामा आधारित छ:

  • एनआरएनएलाई गुटबन्दीमुक्त, समावेशी र पारदर्शी बनाउने प्रतिबद्धता

  • युवालाई नेतृत्वमा ल्याउने व्यवहारिक नीति कार्यान्वयन

  • समन्वयकारी सचिवका रूपमा समुदायको आवाज समेट्ने दृढ अठोट

  • महिला, विद्यार्थी, श्रमिक र व्यवसायी वर्गलाई समेट्ने दीर्घकालीन योजना

गौतमको धारणा अनुसार, सचिव पद केवल प्रशासनिक होइन, “नीति निर्माणदेखि सदस्य समन्वय र संस्थाको साख निर्माणसम्म जिम्मेवारी वहन गर्ने केन्द्र” हो।

गौतमले एनआरएनए अष्ट्रेलियामा अव्यवस्थित नेतृत्व, आपसी अविश्वास र पारदर्शिताको अभावले संस्था दिशाहीन बनेको बताएका छन्। “संस्थालाई व्यक्तिगत स्वार्थका लागि गुट विस्तार र फरक मतलाई दबाउने औजारको रूपमा प्रयोग गरिँदैछ,” उनले भने। उनको भनाइमा, “हामीले 'एकपटकको नेपाली सधैं नेपाली' भन्ने भावना त बोलेकै छौं, तर संस्थागत संरचना र नेतृत्वले त्यसको उचित प्रतिनिधित्व गर्न सकेको छैन।”

गौतमले सम्पूर्ण नेपाली समुदायलाई परिवर्तनका पक्षमा मत दिन आह्वान गर्दै भने, “तपाईंहरूको साथ र निर्णयले मात्र एनआरएन अष्ट्रेलियाको पुनर्जागरण सम्भव छ।”

गणेश गौतमको संक्षिप्त परिचय

  • नाम: गणेश गौतम

  • भूमिका: एनआरएन अभियन्ता, सामाजिक अभियानी

  • उम्मेदवारी: सचिव पद, एनआरएनए अष्ट्रेलिया (NCC Election 2025)

  • विशेषता: नेतृत्व क्षमतायुक्त, समन्वयमुखी शैली, समावेशी दृष्टिकोण

  • सक्रियता: भाषा-संस्कृति संरक्षण, छात्र सहायता, आपतकालीन राहत तथा समुदाय संवाद


गौतमको उम्मेदवारीलाई युवा सोच र संस्थागत नवीकरणतर्फको यात्राको प्रतीकको रूपमा हेरिएको छ। उनका समर्थकहरू भन्छन्, “अब नेतृत्व गुटले होइन, गुणले निर्धारण हुने बेला आएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x