इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आफ्नो सदस्य संस्था केन्द्रविन्दू मिडिया प्रा.लि. को नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
इमानले जारी गरेको विज्ञप्तिमा स्मृति तिमल्सिनाले फेसबुकमा पोष्ट गरेको भिडियो तथा उनको पक्राउ सम्बन्धी घटनामा केन्द्रविन्दु मिडियाको नाम जोडिएकोप्रति आपत्ति जनाइएको छ। यस्ता गतिविधि पुनः नदोहोर्याउन सम्बन्धित पक्षलाई सचेतसमेत गराइएको छ।
तिमल्सिनाले आफूलाई केन्द्रविन्दु मिडियाबाट अन्तर्वार्ताका लागि फोन गरेर बोलाइएको, तर स्टुडियो व्यस्त रहेको भन्दै अर्को स्थानमा लैजाने क्रममा सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएर उपत्यका प्रहरी परिसर भद्रकाली पुर्याएको दाबी गरेकी छन्। उनका अनुसार उनलाई कोठा नम्बर ५०३ मा लगेर कागज गराएर छोडिएको थियो।
यता केन्द्रविन्दु मिडियाले भने तिमल्सिनालाई कुनै पनि अन्तर्वार्ताका लागि नबोलाएको स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “जिम्मेवार सञ्चार संस्थालाई विवादमा तान्ने, सुरक्षा निकायको कारबाहीसँग जोडेर भ्रम सिर्जना गर्ने तथा व्यावसायिक प्रतिष्ठामा आँच पुर्याउने कार्य नगर्न आग्रह गर्दछौं।” साथै, स्वतन्त्र र मर्यादित पत्रकारितामा सक्रिय संस्थालाई असर पर्ने खालका भ्रामक गतिविधि नगर्न र भविष्यमा यस्ता कार्य नदोहोऱ्याउन चेतावनी दिइएको छ।
मिडियामाथि प्रहारको इमानद्वारा विरोध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
