धितोपत्र बजारमा ३३.०३ अंकको वृद्धि, नेप्से परिसूचक २९३१.३४ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव ०३ अंकले बढेर २९३१ दशमलव ३४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ०९ अंकले बढेर ५४३ दशमलव ७४ को विन्दुमा पुगेको छ ।
आज कूल २२९ कम्पनीका १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर रु ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये दुई  उपसमूहको शेयर ओरालो लागेका छन् । अन्य उपसमूह ११ दशमलव ३९ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ४४ दशमलव ७९ अङ्कले, होटल तथा पर्यटन उपसमूह १८.७६ अङ्कले, विकास बैंक उपसमूह १७१.६५ अङ्कले, जलविद्युत उपसमूह ७६.४२ अङ्कले, वित्त उपसमूह ७७.४७ अङ्कले, निर्जीवन बीमा २७०.१ अङ्कले, उत्पादन उपसमूह ३१.४८ अङ्कले, लघुवित्त उपसमूह ६०.१८ अङ्कले, जीवन बीमा उपसमूह ४६२.४ अङ्कले र लगानी उपसमूह १ दशमलव ९६ अङ्कले बढेको छ। यता, बैंकिङ उपसमूह १ दशमलव ०२ अङ्कले र सामूहिक लगानी कोष उपसमूह ० दशमलव ०२ अङ्कले  घटेका छन् ।
















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x