खुद ब्याज आम्दानी घटेसँगै सपोर्ट लघुवित्तको नाफामा ७४.८६ प्रतिशतको गिरावट

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७४.८६ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ९९ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले २४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

८ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सपोर्ट लघुवित्तले २८ करोड ५४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, सपोर्ट लघुवित्तले ९९ करोड ४३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ५ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

सपोर्ट लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.८१ प्रतिशतले घटेर ३ करोड १० लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.५३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ८३ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. १२९८ को आधारमा मूल्य आम्दानी अनुपात २२३.४० गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x