एनआईसी एशिया लघुवित्तद्वारा लेखापाल कर्मचारीलाई दक्षता अभिवृद्धि तालिम

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरूमा कार्यरत लेखापाल कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले बेसिक एकान्टिङ एन्ड फाइनान्स म्यानेजमेन्ट ट्रेनिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

तालिमको दोस्रो दिनमा सहभागीहरूलाई लघुवित्तमा लेखाको आधारभूत अवधारणा तथा व्यवहारिक प्रयोग, वित्तीय विवरणहरूको संरचना तथा विश्लेषण, दैनिक लेखा अभिलेख व्यवस्थापन तथा सुदृढ आन्तरिक नियन्त्रण प्रणालीको महत्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, उक्त प्रशिक्षणले सहभागीहरूलाई आफ्नो दैनिक कार्यसम्पादनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक व्यावहारिक सीप तथा ज्ञान प्रदान गरेको छ।

कार्यक्रममा संस्थाका लेखा, वित्त तथा योजना विभागका विभागीय प्रमुख आशिष् गौतमले लेखा सम्बन्धी विभिन्न महत्त्वपूर्ण पक्षहरूलाई व्यवहारिक उदाहरणसहित स्पष्ट पार्दै सहभागीहरूलाई उपयोगी ज्ञान प्रदान गर्नुभयो । उहाँले विशेष गरी लेखा व्यवस्थापनको प्रभावकारिता, वित्तीय अनुशासन तथा डिजिटल प्रणालीको प्रयोगमार्फत सुरक्षित र पारदर्शी कारोबार सुनिश्चित गर्ने विषयमा जोड दिनुभयो ।

साथै, सोही विभागका कर्मचारी विनोद निरौलाले QR Code सम्बन्धी थप प्राविधिक जानकारी दिनुका साथै Bank Reconciliation सम्बन्धी महत्त्वपूर्ण विषयहरूबारे स्पष्ट पार्नुभयो । त्यसै गरी, तालिम तथा ग्राहक संरक्षण विभागका कर्मचारी सुन्दर कुमार बोटले भाखा नाघेको कर्जाको प्रभावबारे प्रकाश पार्दै कर्जाको सही सदुपयोग, समयमै किस्ता भुक्तानी र संस्थालाई थप सुदृढ बनाउने विषयमा जोड दिनुभयो । उक्त तालिम कार्यक्रमको सहजीकरण समेत उहाँले नै गर्नुभएको थियो ।

यस प्रकारका तालिम कार्यक्रमहरूले कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x