
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
कात्तिक ३० गते बसेको संस्थाको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
यसै गरी, बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कमा पठाउने निर्णयसमेत गरेको छ।
