नबिल बैङ्क लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर माघ १० गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।
लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको १ लाख ५९ हजार कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु.५५५ तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्ने इच्छुक योग्य जो कोही व्यक्ति तथा संस्थाहरूले माघ २४ गते भित्रमा बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ र आवेदकले तोकिएको वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने कम्पनीले बताएको छ भने कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर आज देखि लिलामी मार्फत विक्रीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
