एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन

एनसीसी बैंकको ३.३६६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १७८ रुपैयाँ १ पैसा निर्धारण गरेको छ ।

बैंकको अन्तिम कारोबार मूल्य १८४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । हाल एनसीसी कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेकोले यस बैंकको कारोबार नेप्सेमा रोक्का छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई ७.६३ प्रतिशत नगद  र ३.३६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा प्रस्तुत गर्दै छ । लाभांश प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x