एन आई सी एशिया बैङ्कको नाफामा ३६.२७ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी कति ?

एन आई सी एशिया बैङ्कको नाफा ३६.२७ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा बैङ्कले २ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एन आई सी एशिया बैङ्कले ३ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २०.१० प्रतिशतले बढेर ६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
 
बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.६१ प्रतिशत र प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ९७ पैसा र पछिल्लो कारोबार मूल्य रु ८४५ को आधारमा मूल्य आम्दानी अनुपात १४.८८ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x