प्रभु बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०४/१४ गते देखि बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउँपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बागलुङमा ४ वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरूको समुद्घाटन बैङ्कका संस्थापक अध्यक्ष माननीय श्री देवी प्रकाश भट्टचनज्यूबाट गरिएको छ ।
प्रभु बैङ्क लि. ले आफ्नो बैङ्कको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । प्रभु बैङ्क लि.को यस अभियानले देश भरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।
बैङ्कको बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले आधुनिक बैङ्किङ सेवा उपभोग गरी लाभान्वित हुने र सो क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास बैङ्कले लिएको जनाएको छ ।
एकै दिनमा बागलुङमा प्रभु बैङ्कको ४ वटा शाखा बिस्तार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
