नेपाल बैङ्क लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका बिच सम्झौता

नेपालको पहिलो बैङ्क, नेपाल बैङ्क लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । मिति २०८१ श्रावण २२ गते मङ्गलवारका दिन प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा नेपाल बैङ्क लिमिटेडका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गर्नुभएको थियो । सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियत सहितको विभिन्न सुविधा रहने तलबी खाता खोली बैङ्क नियमानुसार बिना धितो कर्जा तथा अन्य बैकिंग सुविधा पाउन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x