ग्लोबल आइएमई बैङ्कको नाफामा २२.६७ प्रतिशतको वृद्धि


ग्लोबल आइएमई बैङ्कको नाफा २२.६७ प्रतिशतले बढेको छ । आ.व. २०८१/८२ को चौथो त्रैमास सम्ममा बैङ्कले ५ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८२/८३ को चौथो त्रैमास सम्ममा बैङ्कले ६ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले ६ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३१ अर्ब ६९ करोड रुपैयाँ र सञ्चित मुनाफा ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ १४ पैसा र पछिल्लो कारोबार मूल्य रु २५७ रुपैयाँ ८० पैसाको आधारमा मूल्य आम्दानी अनुपात १५.७७ गुणा रहेको छ  भने बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ४.९६ प्रतिशत कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x