
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ २० गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ ।

शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको देख्न सकिन्छ ।