साना किसान विकास लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर १९ गते, साेमबार अपराह्न ४:३० बजे बसेको सञ्चालक समितिको ४५४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई २७.३६८४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको २६ प्रतिशतले हुन आउने रकम रु. ४० कराेड ६७ लाख ४७ हजार ५६९ रुपैयाँ १८ पैसा बराबरको बोनस शेयर र १.३६८४२१०५३ प्रतिशत बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा २७.३६८४ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.३१५८ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।


Click here to view the notice.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x