एभरेष्ट बैंक लिमिटेडले यही मङ्सिर २६ गते २८ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि मङ्सिर १३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा मङ्सिर १२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७८/०७९ को मुनाफा समेतबाट ७.६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर गरी जम्मा २०.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
सभाले बैंककाे अधिकृत पुँजी रु. १००० करोडबाट वृद्धि गरी रु. १५०० करोड पुर्याउने भएकोले सोही बमोजिम संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।