ग्लोबल आइएमई बैङ्कको संस्थापक शेयर सर्वसाधारणका लागि खुला

Gyanmandu | Achieving Excellence Together
ग्लोबल आइएमई बैङ्क लिमिटेडले संस्थापक समूह अन्तर्गतको शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैङ्कले बिक्रीमा राखेको शेयर सङ्ख्या तथा न्यूनतम मूल्य भने सार्वजनिक गरेको छैन।

यस अघि बैङ्कले विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्रै खरिदको अवसर दिने गरी ३५ दिने सूचना जारी गरेको थियो। तर तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणका लागि समेत शेयर बिक्री खुला गरिएको बैङ्कले जनाएको छ।

अब उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा सङ्घ–संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

बैङ्ककाे अनुसार आवेदन काठमाडौँको कमलादीस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x