संस्थापक शेयर बिक्री गर्दै मल्टीपर्पस फाइनान्स लिमिटेड


मल्टीपर्पस फाइनान्स लिमिटेडले दुई संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार ५६७ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ।

कम्पनीले प्रचलित व्यवस्था अनुसार उक्त शेयर खरिदमा विद्यमान संस्थापक शेयरधनीलाई मात्र प्राथमिकता दिएको जनाएको छ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित आवेदन पेश गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र प्राप्त आवेदनका आधारमा शेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ। यदि निर्धारित अवधिमा शेयर खरिदका लागि पर्याप्त आवेदन प्राप्त नभएमा प्रचलित कानुनी व्यवस्था अनुसार कम्पनीले थप प्रक्रिया अघि बढाउन सक्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x