
साग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले संस्थापक समूहअन्तर्गतको १ लाख ७४ हजार ३९० कित्ता शेयर बिक्रीका लागि खुला गरेको छ।
बैङ्कका तीन संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरिद गर्न सक्ने गरी बिक्रीमा राखिएको हो।
बैङ्कले जारी गरेको सूचनाअनुसार इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिँदा खरिद गर्न चाहेको शेयर सङ्ख्या स्पष्ट उल्लेख गर्नुपर्नेछ।
शेयर खरिदका लागि आवेदन बैङ्कको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौँमा पेस गर्न सकिने व्यवस्था गरिएको छ।
साग्रिला डेभलपमेन्ट बैङ्कको संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
