धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही वैशाख १६ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले वैशाख ०१ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्ने जनाएकोमा वैशाख ०१ गते शुक्रवार बजार बन्द हुने दिन परेको हुँदा चैत्र ३० गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।कम्पनीले साधारण सभा धाैलागिरी सामुदायिक श्रोत विकास केन्द्र बाग्लुङ्गकाे सभा हल, बा.न.पा. ४, उपल्लाचाैर, बाग्लुङ्गमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले नेपाल राष्ट्र बैङ्कबाट मर्जरको लागि अन्तिम स्वीकृत पश्चात् खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर, पुजी र सम्पूर्ण सम्पत्ति दायित्व एकीकृत गरी धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत गरी सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।
आजसम्म कायम शेयरधनीले धाैलागिरी लघुवित्तको साधारण सभामा भाग लिन पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
