माछापुच्छ्रे बैंक लिमिटेडद्वारा विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा वृक्षारोपण


ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७९ जेठ २२ गते चन्द्रागिरि नगरपालिका वडा नं.०३ स्थित सेती देवी, दुमाल डाँडा,जेसिज वनमा वृक्षारोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वर्ल्ड पिस फोरम सँगको सहकार्यमा दश लाख वृक्षारोपण अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा उक्त वृक्षारोपण कार्यक्रममा सञ्चालन गरेकाे जनाएको छ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न सङ्घ संस्थाहरूलाई सहयोग गर्दै आएको बताएको छ। त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको जानकारी दिएको छ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई सेवाप्रदान गर्दै आइरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x