सीईडिबि हाइड्रोपावरको आईपीओ बिक्री खुला, कहिले सम्म दिने आवेदन ?



ज्ञानमाण्डू। सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज(बैशाख १७)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) बिक्री खुला गर्दैछ । हाइड्रोपावरले सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो। 

सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो कूल जारी पूँजी रु.८३,९४,१०,०००/- (अक्षरेपी त्रियासी करोड चौरानब्बे लाख दस हजार) को ३०% अर्थात् रु.२५,१८,२३,०००/- (अक्षरेपी पच्चीस करोड अठार लाख तेइस हजार ) रकम बराबरको प्रति कित्ता रु. १००/- अंकित दरका २५,१८,२३० कित्ता शेयरको २% अर्थात् ५०,३६५ कित्ता शेयर कर्मचारीहरुलाई, ५% अर्थात् १,२५,९११ कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरिएको र बाँकि २३,४१,९५४ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरिएको ।

कम्पनीको आईपीओमा छिटोमा बैशाख २१ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा पर्याप्त आवेदन नपरे बैशाख  ३१ गतेसम्म म्याद थप गरिनेछ । कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम सबै अर्थात् २३  लाख ४१ हजार ९५४ कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई “केयर (एनपि बि बि (आइएस)[CARE-NP BB(Is)” रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको (Moderate risk of default regarding timely servicing of financial obligations) भन्ने जनाउंदछ । सो ग्रेडिङ्ग को बैद्यता अवधि एक वर्ष रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x