साधना लघुवित्तकाे नाफामा ०.७६ प्रतिशतकाे गिरावट, खुद ब्याज आम्दानीमा १९ प्रतिशतकाे वृद्धि

Sadhana Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ०.७६ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ११ कराेड ७० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ११ कराेड ६१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३२ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको साधना लघुवित्तले ५ अर्ब ३९ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, साधना लघुवित्तले ३ अर्ब ६८ करोड ८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १७ करोड ५७ लाख रुपैयाँ रहेको छ।

साधना लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९ प्रतिशतले बढेर २८ करोड ८७ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.९२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ १५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ७० पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ११६३ काे आधारमा मूल्य आम्दानी अनुपात ३२.१७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x