रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरी


ज्ञानमाण्डू। आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार बिहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ। केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरु भएको प्रभात फेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन भएको कम्पनीले जनाएको छ। आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभात फेरी कार्यक्रमको आयोजना गरेको बताएको छ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गर्नुभएको उक्त प्रभात फेरी कार्यक्रममा रेमिटेन्स सचेतना सम्बन्धी नारा अङ्कित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत सयौँ कर्मचारीहरूको सहभागिता रहेको थियो । हरेक वर्ष जेठ २९ मा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x