अव्यवस्थित सवारी पार्किङले समस्या

ज्ञानमाण्डू।अव्यवस्थित सवारी पार्किङले काठमाडौँमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौँमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै बुधवार कम्पनीका अधिकारीले यस प्रकारको प्रस्ताव गरेका हुन् । 

सो पार्किङले थोरै ठाउँमा धेरै गाडी पार्किङ गर्न सकिने, अव्यवस्थित पार्किङले ओगटेको जमिन अन्य उपयोगमा ल्याउन सकिने, शहरी सुन्दरता बढाउन सकिने, प्रदूषण घटाउन तथा सडकमा सवारी गुड्दा अहिले भइरहेको बाधा कम गराउन सकिने काठमाडौँमा मेकानिकल पार्किङ उपयुक्त अध्ययनले देखाएको छ । 

प्रारम्भिक अध्ययनले देखाएको तथ्य उल्लेख गर्दै अध्ययन कार्यदलका प्रतिनिधि सुम्पेइ इचिकावाले थोरै जमिनमा धेरै सवारी अट्ने भएकाले राजश्वमा वृद्धि हुने तथा पार्किङ गरिएका सवारीको सुरक्षा हुने भएकाले आफूहरूले मेकानिकल पार्किङको प्रस्तावअघि सारेका बताए । शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँमा सवारी व्यवस्थापन अपरिहार्य रहेको तर एकै पटक जटिल खालको प्रविधि ल्याउने नसोचौँ भने । 

बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले तहगत छलफल र बैठकबाट निष्कर्षमा पुगिने बताए । महानगरका प्युखा, खिचापोखरी, धर्म पथ, पाको र दरबारमार्ग क्षेत्रमा सःशुल्क पार्किङ सञ्चालन गर्दाको अनुभव सुनाउँदै बैठकमा ट्रली योर्स प्रालिका सूचना प्रविधि संयोजक हरिश अग्रवाले सहरमा भएका कार ९० प्रतिशत समय पार्किङमै बस्ने र बाँकी पाँच प्रतिशत मात्र सडकमा गुड्ने भएकाले पार्किङमा समस्या धेरै रहेको बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x