हरियाली बढाउँदै निजी वन

ज्ञानमाण्डू।घोराही उपमहानगरपालिका–१० नारायणपुरमा श्रीलोचन लामिछानेले १०१ कठ्ठा जग्गामा विभिन्न प्रजातिका बिरुवा रोपेका छन् । लामिछानेले विसं २०४८ कात्तिक १० गते जिल्ला वनबाट निजी वनको स्वीकृत लिएर आफ्नो जग्गामा बिरुवा रोपेर हरियाली बनाउन सुरु गरेका हुन्  ।

घोराही उपमहानगरपालिका–१६ का प्रेमराज लोहनीले आफ्नो जग्गामा निजी वन बनाएका छन् । उनले पनि आफ्नो १३६ कठ्ठा जग्गामा विसं २०४३ तिरबाटै निजी वन बनाउन सुरु गरेका हुन् । अहिले पनि लोहनीको ती जग्गामा रुख ठूल्ठूला भइसकेका छन् । यसै गरी घोराही–५ धर्नाकी सकुन्ताला श्रेष्ठले घोराही–७ सर्रामा रहेको आफ्नो साढे ५७ कठ्ठा जग्गामा निजी वन बनाएका छन् भने, घोराही–१४ की विमला खत्रीले पनि आफ्नो तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ८० कठ्ठा जग्गामा निजी वन बनाएका छन् । 

दाङमा उहाँहरूजस्ता करिब ३०० ले आफ्नो जग्गामा निजी वन बनाएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । 

आफ्नो घरछेउमा रहेको एक कठ्ठादेखि करिब २५० कठ्ठासम्मको जग्गा व्यक्तिले निजी वन बनाएका छन् । जिल्लामा करिब चार हजार ८१ कठ्ठा अर्थात् १३८ हेक्टर निजी जग्गा वन बनिसकेको सोे तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा मात्र करिब दुई दर्जन बढीले आफ्नो जग्गालाई निजी वनमा परिणत गरेका थिए ।

चालू आवमा कार्यालयले निजी वन दर्ता प्रक्रियालाई अगाडि बढाइ विभिन्न किसिमको सहयोगसमेत गर्दै आएको छ । कार्यालयका सूचना अधिकृत खिमबहादुर केसीका अनुसार कार्यालयले निजी वन लगाउनेलाई प्रोत्साहन तथा पुरस्कृत गर्ने कार्यक्रम राखेको छ । त्यस्तै निजी वन विकास तथा वृक्षारोपणका लागि केन्द्रीय वन नर्सरी, सेक्टर वन नर्सरी, इलाका वन नर्सरी तथा निजी नर्सरी सञ्चालकले वार्षिक बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेको कार्यालयले जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x