शनिबार देखि दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, १० सत्रमा ५ देशका ६० वक्ता सहभागी हुने


ज्ञानमाण्डू। आइसिटी फाउन्डेसन नेपालको आयोजनामा यही असार ४ र ५ गते (शनिबार र आइतबार) ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एन्ड कनेक्टेड बाई एनसेल कार्यक्रम आयोजना हुदैछ ।

द सोल्टी काठमाडौँमा आयोजना हुने दुई दिने कार्यक्रममा विभिन्न ५ देशका ६० बढी वक्ता तथा सबै सरोकारवालासहित ८ सय सहभागी हुँदै छन् । नेपालमा सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यान्वयनगत अवस्थाको विश्लेषण र भावी कदमबारे बहस गर्न आयोजित कन्क्लेभमा डिजिटल नेपाल सम्बन्धी विभिन्न ५ वटा थिममा १० बढी सेसनहरू सञ्चालन हुनेछन् ।

कन्क्लेभमा ह्वावे सिंगापुरबाट इन्डस्ट्री एक्सपर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जिएम डा. पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्ट लगायतको कि नोट प्रस्तुति रहेको छ । यसै गरी नेपाल राष्ट्र बैकंका गर्भनर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्याल, आइसिटी विज्ञ मनोहर भट्टराई र बैंकर अनिल शाहको कि नोट प्रस्तुति रहेको छ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ भने कार्यक्रमको विशिष्ट अतिथि र वक्ताको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

कन्क्लेभका सेसनहरूमा पहिलो दिन कि नोट प्रस्तुति र उद्घाटन पश्चात् डिजिटल इन्फास्ट्रक्चर एन्ड कनेक्टिभिटीको सेसन रहेको छ । यसै गरी दोस्रो सेसनको रूपमा डिजिटल स्किल, ट्यालेन्ट पुल एन्ड डिजिटल वर्क फोर्स फर डिजिटल नेपाल सेसन रहेको छ । पहिलो दिनको तेस्रो सेसनको रूपमा डेटा ग्याप, ब्रिफिङ द डेटा इन टु द सेन्टर स्टेज सेसन रहेको छ भने पहिलो दिनको अन्तिम सेसन डिजिटल इकोनोमी एन्ड इन्भेस्टमेन्ट अपर्चुनिटी सेसन रहेको छ ।

दोस्रो दिन कि नोट प्रस्तुतिसँगै इमर्जिङ टेक्नोलोजी फर डिजिटल ट्रान्सफरमेशन, डिजिटल आन्टरप्रेनरसिप र साइबर सेक्युरिटी सम्बन्धी सेसनहरू रहेका छन् । त्यसै गरी सोही दिन डिजिटल फिनोभेसन एन्ड बियोण्ड फर डिजिटल सोसाइटी, बिल्डिङ डिजिटल लिडरसिप र अन्त्यमा डिजिटल रूपान्तरणको लागि अबको बाटो सम्बन्धी महत्त्वपूर्ण सेसनहरू रहेका छन् । कन्फ्रेन्स सेसनहरूसँगै डिजिटल नेपाल सम्बन्धी केही प्रदर्शनी स्टलहरू पनि रहनेछन् भने ह्वावेले सोही समयमा छुट्टै हलमा ‘लाइटिङ अप द फ्युचर’ नाममा नयाँ प्रविधिहरू प्रदर्शनी पनि रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा डिजिटल नेपालको फ्रेम वर्क, एजेन्डा, अवधारणा र डिजिटल रूपान्तरणका विषयमा वृहत् छलफल तथा अन्तर्क्रिया हुने आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले जानकारी दिए । डिजिटल नेपाल फ्रेम वर्क २०१९ सार्वजनिक भएपश्चात् यस विषयमा केन्द्रित सम्भवतः यो पहिलो बृहत् कार्यक्रम रहेको उनले बताए । आयोजकले सातै प्रदेशमा मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि र सरोकारवालाहरूसँग प्रदेशमा भइरहेको डिजिटल रूपान्तरणका अभ्यास र प्रयासहरूको बारेमा बहस सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल बस्तुस्थितसहितको रिपोर्ट पनि आयोजकले कार्यक्रममा सार्वजनिक गर्नेछ ।

डिजिटल नेपाल कन्क्लेभमा सरकारी निकाय र विभिन्न मन्त्रालयका सचिवहरू, डिजिटल नेपाल फ्रेम वर्क अन्तर्गत ८ महत्त्वपूर्ण क्षेत्रका सरोकारवालाहरू, कर्पोरेट तथा बैंकिङ क्षेत्र, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका अग्रज, विज्ञ तथा उद्यमीहरूसहित ८०० बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । ‘डिजिटल रूपान्तरणका लागि डिजिटल नेपाल कन्क्लेभ’ नारासहित आयोजना भइरहेको कार्यक्रमको शीर्ष प्रायोजक ह्वावे, सह प्रायोजक इन्फोडेभलपर्स र कनेक्टेड बाईमा एनसेल रहेको छ ।

त्यस्तै कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नास्ट, नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोग रहेको छ । कन्क्लेभको डेभलपमेन्ट पार्टनरको रूपमा द एसिया फाउन्डेसन रहेको छ । यसै गरी बैंकिङ पार्टनरमा एनआइसी एसिया, डिजिटल पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउस, नलेज पार्टनर प्रेसिडेन्सियल बिजनेस स्कुल, अफिसियल पार्टनर नेपाल टेलिकम रहेका छन् । कार्यक्रममा नेपाल बैंक लिमिटेड, रारा ल्याब्स, फ्रस्ट एन्ड सुलेभियन, सिआरआई नेपाल लगायतका संस्थाहरूको सहकार्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x