गाउँमा सडक पुगेपछि खुशीयाली

ज्ञानमाण्डू।म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलवार मोटर बाटो पुर्‍याएपछि गाउँलेले नाचगान गरेर खुशियाली मनाएका छन् । 

पात्लेखर्कमा ९३ वर्षीय रिबहादुर छन्त्याल पैदल छिचोल्नसमेत मुस्किल पर्ने अक्करे पहाडलाई काटेर मोटर बाटो गाउँमा पुगेपछि हर्ष विभोर हुँदै छमछमी पुर्ख्यौली नाच नाचेका छन् । घरआँगानमै मोटर बाटो पुगेपछि अर्का वृद्ध ८५ वर्षीय चित्रबहादुर पुनसमेत फुरुङ्ग भए । 

विगतमा सवारीसाधन र मोटर बाटो हेर्न एक दिनको पैदल यात्रा गरेर आउनुपर्ने अवस्थामा गाउँपालिकाले गाउँलाई सडक सञ्जालसँग जोडेपछि पात्लेखर्कका स्थानीयवासीले खुशियाली मनाएका हुन् । “गाउँमै मोटर बाटो आयो”, कुइनेमङ्गलेका ८९ वर्षीय तमान छन्त्यालले भने, “अब पैदल हिँडेर बजार जानुपर्ने अवस्थाको अन्त्य हुदैछ”।  

गाउँपालिकाभित्रका सबै बस्तीलाई सडक सञ्जालले जोड्ने योजनाअन्तर्गत रु १४ लाखको लागतमा साढे चार किलोमिटर सडकको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाभित्रका जनताको आधारभूत आवश्यकता पूरा गर्ने बताए । “गाउँमा सडक पुगेपछि तपाईँहरूको अनुहारमा मैले चमक देखेँ”, प्रमुख भण्डारीले भने, “यसलाई कमी हुन दिने छैन”, उनले विकट बस्तीमा सडक प्राथमिकतामा परेको बताए । 

सोही अवसरमा नेपाली काँग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्की, गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, काँग्रेसका युवा नेता एवं स्थानीय ओम छन्त्यालले गाउँलेको खुशियालीमा साथ दिएका थिए । कुइनेमङ्गलेको पात्लेखर्क जिल्लाकै दुर्गम बस्ती हो । 

पात्लेखर्कभन्दा माथि बस्ती छैन: 

रघुगङ्गा गाउँपालिका–१ बेगखोला हुँदै चिमखोला–खरीबोटध्यासीखर्क हुँदै पात्लेखर्क पुगिन्छ । वडाध्यक्ष गमान छन्त्यालले गाउँपालिका–८ को अन्तिम बस्तीमा सडक पुगेपछि स्थानीयलाई सहज भएको बताए । उनले सडक उद्घाटनको क्रममा ट्रयाक्टर पुगे पनि सदरमुकाम बेनी आवतजावत गर्ने निकट भविष्यमै जिप सेवा सञ्चालन गर्ने बताए । 

सडक सञ्जालको विस्तारसँगै आसपासका बस्तीसमेत गरी करिब २०० घर लाभान्वित हुने वडा कार्यालयले जनाएको छ । सोही अवसरमा ध्यासीखर्कदेखि चौर खानी जाने पदमार्ग रु पाँच लाखको पदमार्गको समेत अनुगमन गरिएको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x