
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै ३० गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार भदाै २९ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
विहीबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।